जालवा देवी सेवा समितिद्वारा राज्यमन्त्री प्रकाश रावललाई सम्मान - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

जालवा देवी सेवा समितिद्वारा राज्यमन्त्री प्रकाश रावललाई सम्मान



लोकेन्द्र रावल / टीकापुर ।

सुदुरपश्चीम प्रदेश सरकारका उद्योग बाणिज्य, आपुर्ति, पर्यटन, वन विज्ञान, वातावरण र जलवायु राज्य मन्त्री प्रकाश रावललाई शनिबार टीकापुरमा जालवा देवी सेवा समितिले सम्मान गरेको छ । उहाँलाई फुलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

जालवा देवी सेवा समितिको आयोजना भएको सम्मान कार्यक्रम मा राज्यमन्त्री रावलले सुन्दर सुदुरपश्चिम भनेर चिनाउन सफल भएपनि पर्यटनको लागि विकास गर्न नसकेको बताउनुभयो । उहाँले सुदुरपश्चिम प्रदेशमा पर्यटनको सम्भावना प्रचुरमात्रामा रहेकोले व्यवस्थित रुपमा गर्न सके आम्दानी गर्न सकिने बताउनुभयो । यसका लागि सबैको सोचाईमा परिवर्तन भई सामाजिक सेवाको भावना हुनुपर्ने बताउनु भयो ।

विशिष्ट अतिथी टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले जो जाहाँ भएपनि आफ्नो कर्मथलो, समुदायलाई भुल्न नहुने बताउनुभयो ।

पुर्व मेयर तथा जालवादेवी सेवा समिति सल्लाहाकार समिति संयोजक पदम रावलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रणबहादुर साउदले दिनुभएको थियो भने निकेन्द्र बहादुर रावल, पूर्व एस.एस.पी.हर्क वहादुर रावल, पृथ्वीराज रावल, मोहन विक, भवानी प्रसाद ढुंगाना,भेषराज तिमिल्सिना, मिनवहादुर कठायत लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन जालवा देवी सेवा समितिका महासचिव ध्रुव वहादुर रावलले गर्नुभएको थियो ।