दिल्लीका स्वास्थ्यमन्त्रीको अवस्था चिन्ताजनक: आइसीयूमा सारियो - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

दिल्लीका स्वास्थ्यमन्त्रीको अवस्था चिन्ताजनक: आइसीयूमा सारियो



काठमाडौं – कोरोना भाइरसबाट संक्रमित भएका दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक भएको बताईएको छ ।

उनलाई आइसीयूमा सारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । म्याक्स अस्पतालमा उपचारारत ५५ वर्षीय जैनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा सारिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

बुधबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका जैनलाई निमोनिया पनि भएको समाचार उल्लेख छ। आइतबार मात्र मन्त्री जैन कोरोना भाइरसको अवस्थासम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी भएका थिए ।