जाइलाग्ने भारतको तयारी: जल, थल र वायुसेनालाई तयारीमा रहन निर्देशन - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

जाइलाग्ने भारतको तयारी: जल, थल र वायुसेनालाई तयारीमा रहन निर्देशन



एजेन्सी – चीन र भारतबीच सीमा क्षेत्रमा तनाव बढेसंगै भारतले भारतिय सेनालाई अलर्टमा रहन निर्देशन दिएको छ । पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सेनाबीच भएको झडपमा २० भारतिय सेनाको मृत्यु भएपछि भारतले सवै फौंजलाई तयारी हालतमा रहन निर्देशन दिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले १९ जुनमा सवै दलका अध्यक्ष सहभागी रहने गरी सर्वदलिय बैठक समेत बोलाएका छन् । प्रधानमन्त्री मोदीले बुधवार भारतले शान्ति चाहेको भन्दै चीनको यस्तै व्यवहार रहने हो भने कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले देशको अखण्डतासंग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

भारतिय सेनाले समेत सवै जवानहरुको विदा स्थगित गरेको छ । यसका साथै चीनसंग सीमा विवादलाई लिएर जल,थल र वायुसेनालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

रक्षामन्त्री राजनाथ सिंहले बुधवार सिडिएस विपिन रावत र तीनै सेनाका प्रमुखसंग उच्चस्तरीय बैठकको आयोजना गरेका थिए । वैठकपछि तीनै सेनालाई अलर्ट राख्ने निर्णय भएको हो । भारतिय सेनाले अरुणांचल प्रदेश,उत्तराखण्ड,हिमाचल प्रदेश एवंम् लद्दाखको वास्तविक नियन्त्रण रेखातर्फ अतिरिक्त जवानलाई पठाइसकेको छ ।

भारतीय वायु सनाले पनि आफ्नो सवै प्रमुख फ्रन्ट लाइन बेसमा तथा सीमा क्षेत्रमा नजर राख्नको लागी अलर्ट स्तर बढाएको छ । त्यसका साथै चीनको नौसेनालाई कडा जवाफ दिनको लागी हिंद महासागर क्षेत्रमा पनि भारतिय नौ सेनाले तैनाथी बढाएको छ ।

चीनसंगको बढ्दो संघर्षलाई मध्यनजर गर्दै केन्द्र सरकारले सशस्त्र बललाई पूरै तयारी हालतमा रहन् निर्देशन दिएको हो । इकोनोमिक टाइम्सले चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतले तिनै सेनालाई तालमेल गर्न र आवश्यकताअनुसार प्राथमिकता तय गर्न निर्देशन दिएको जनाएको छ ।

यसैलाई मध्यनजर गर्दै नौसेनाले चीनसंग मुकाविला गर्न मलक्का स्ट्रेट नजिक वा आवश्यकताअनुसार काउंटरको लागी इण्डो प्यासेफिक क्षेत्रमा कही पनि तैनाथीको लागी अगाडी बढ्न निर्देशन दिइएको छ । भारतिय नौसेनाले युद्धपोत र जहाजसंगै समुन्द्री सीमामा आफ्नो उपस्थिती बढाएको छ ।

स्रोतकाअनुसार नेभीसंगै वायु सेनालाई पनि तयारी हालतमा राखिएको छ । भारतले फाइटर प्लेनलाई समेत तयारी हालतमा राखेको छ। केन्द्र सरकारले आपतकालिन स्थितिलाई मध्यनजर गर्दै तिनै सेनालाई हतियार खरिद गर्ने छुट समेत दिएको छ ।