जेलमै गोली हानाहान, कम्तिमा सातजनाको मृत्यु - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

जेलमै गोली हानाहान, कम्तिमा सातजनाको मृत्यु



ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा गोली हानाहान हुँदा कम्तिमा सातजनाको ज्यान गएको छ । जेलमा भएको गोली हानाहानमा झण्डै २० जना घाइते भएका छन् ।

अवस्था नियन्त्रणमा लिनका लागि सेना र प्रहरी गरि करिब १५०० सुरक्षाकर्मी खटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । दुई बन्दीबिचको विवाद बिस्तार हुँदै जाँदा गोली हानाहानको अवस्था आएको बताइएको छ ।

पाभोन जेलमा कम्तिमा चार हजार बन्दी छन् । सन् १९७० को दशकमा निर्माण भएको यो जेलको क्षमता भने एक हजार बन्दी मात्रै हो । बन्दीले मंगलबार झण्डै ८ घण्टा जेल नियन्त्रणमा लिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।