निषेधाज्ञा उल्लंघन गरेकाहरू एक महिना जेल चलान - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

निषेधाज्ञा उल्लंघन गरेकाहरू एक महिना जेल चलान



काठमाडौं- निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । रुपन्देही जिल्लामा जरिवाना तिर्न नसकेका तीनजनालाई कारागार चलान गरिएको हो ।

निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।

कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरीले जनाएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्दा नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । जरिवाना तिर्न नसक्ने तीनजनालाई एक महिना थुनामा पथाइएको बताइएको छ ।