जब उडिरहेको जहाजबाट यात्रु नै खसे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जब उडिरहेको जहाजबाट यात्रु नै खसे



(एजेन्सी) । बेलायतमा उडिरहेको प्लेनबाट खसेका एकजनाको मृत्यु भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रु जमिनमा खसेको हो । ती यात्रु उक्त विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेका थिए ।

विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको बताइएको छ ।

मृतकको पहिचान खुल्न नसकेको बताइएको छ ।

दक्षिण लन्डनको आवासीय क्षेत्रमा रहेको एउटा घरको बगैंचामा ती व्यक्ति खसेका थिए । स्रोतका अनुसार उनी खसेको स्थानबाट करिब तीन फिटको दुरीमा घर मालिक घाम तापेर बसिरहेका थिए । ‘एकछिनसम्म म त ट्वाल्ल परेँ,’ ती घर मालिकले भने, ‘आकाशबाट मान्छे पो खस्यो, सोच्नै नसक्ने घटना हो त्यो ।’

ती व्यक्ति जमिनमा खस्दा ठूलो आवाज आएको प्रत्यक्षदर्शीको भनाइ छ । उनी खसेको स्थानमा जमिनसमेत भासिएको छ ।