जहाँ कोमल वली त्यही लफडा !
जहाँ कोमल वली त्यही लफडा ! गर्न मिल्ने नमिल्ने सबै कुरामा अघि सर्ने उनलाई देखेर कर्मचारीहरु नर्भस हुने यस्तो रमिता देखियो प्रेदश नम्वर ५ को पहिलो प्रदेशसभा वैठक कक्षभित्र । नवोलाइएकी र आउनुपर्ने सूचीमा पनि नभएकी गायिका वली २१ गते दिउँदो १ वजे बुटवलस्थित बैठकस्थलमा देखा परिन् । उनी साेही प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेद्वार हुन् । उनी अर्को उम्मेद्वारी नपरेका कारण निर्विरोध निर्वाचित भइसकेकी छन् । तर निर्वाचन आयोगले मत परिणाम घोषणा गरेर शपथ नलिउञ्जेलका लागि वैधानिक राष्ट्रियसभा सदस्य हैनन् । तर पहिलो प्रदेशसभा वैठकमा उपरखुट्टी लगाएर रमिता देखाइन ।
एकातिर कोमल त्यस्तो रमिता देखाउने, अर्कोतिर कर्मचारीहरु लरी लरी लै को तालमा मच्चिने । राष्ट्रिय गानका लागि सभाषद्हरु उठिसके । एउटा पेनड्राइभ हाल्नुपर्ने अर्कै हालेछन् । सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली…..। बज्नुपर्ने तर बज्यो गाँउछ गीत नेपाली ज्योतिको पंख उचाली…..। यस्तो हुँदा कोमल वली मुख छोपरे हाँसीन । अरु सांसद सीटमा बस्न थाले । एकजना टेक्निसियनले हत्तपत्त गीत बन्द गरेर अर्को पेनड्राइभ हालेपछि बल्ल सयौ थुङ्गा ….. बज्यो । फेरी सबै उठे । यतिबेलासम्म कोमलको अनुहारचाहि हाँसी–खुसी नै थियो ।
पहिला सभासद् बस्ने भन्द पछाडी रहेको दर्शक दीर्घामा देखा परिन । संसद सचिवालयका कर्मचारीले त्यहाँबाट विशिष्ट अतिथि बस्ने दीर्घामा राख्न मर्यादापालकलाई खटाए । महिला मर्यादापालकले म्याम, हजुरको सीट यता हो , भन्दै विशिष्ट अतिथि बस्ने ठाँउ देखाए । तर एमालेकै सभासदहरुले हैन हैन अहिले उहाँ वस्ने त्यतै हो । भन्दै कर्मचारी बस्ने दिर्घातिर देखाए । कोमल यता न उता भइन् । मर्यादापालकहरुले बैठककक्षभित्र धेरै उभिन नपाउने भनेपछि उनी कर्मचारीहरु बस्ने दीर्घामै थचक्क बसिन् । बस्न त बसिन् । तर घरी मोबाइलबाट सेल्फी खिच्ने, घरी मेवाइलमै ऐना हेरेर लिपिस्टिक मिलाउने गर्न थालिन र म्याम यहाँ यसो गर्न मिल्दैन भनेर मर्यादापालकले सम्झाएपछि मोवाइल लुकाइन । अर्को मर्यादापालकले गएर भने हजुर खुट्टा मिलेन हजुर खुट्टा लत झारिन् । अधिकांश सभासद् सभामुखतिर हेरिरहेका थिए तर केही सभासद्चाहिँ बैठकमा छिरेदेखि ननिस्कदासम्म वलीबाहेक केही नहेरी फर्किए । जनअास्था