बालुवाटार जग्गा प्रकरण :छानबिन गर्न खटाइएका डीएसपीको सरुवा - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

बालुवाटार जग्गा प्रकरण :छानबिन गर्न खटाइएका डीएसपीको सरुवा



काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ। उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो।

त्यहाँ कार्यरत डीएसपी कुमुद ढुङ्गाना छानबिनका लागि काठमाडौँ तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो। स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआईजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए।

ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन्।

सरुवाको अधिकार महानिरीक्षकमा निहित भएपनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुने गरी भएको सरुवालाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने एक उच्च प्रहरी अधिकारीले बताए।

तीन महिने समयसीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिए पनि एक महिनाभन्दा बढी बाँकी छ। अनुसन्धान निष्कर्ष नजिक पुग्नै लागेका बेला डीएसपी कटुवालको सरुवा भएको हो।

समाचार कान्तिपुर दैनिकमा छ।