जगदम्बा स्टिल प्रालिले कोरोना संक्रमितहरू लुकायो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

जगदम्बा स्टिल प्रालिले कोरोना संक्रमितहरू लुकायो



काठमाडौं- जगदम्बा स्टिल प्रालिले कोरोना संक्रमित लुकाएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहिबार जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको फ्याक्ट्री सिल गरेको छ।

उद्योगमा कार्यरत ११ जना कोरोना संक्रमित कामदार मध्ये ६ जना संक्रमितलाई सम्पर्क बिहिन बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले उद्योगमा सिल गरेको हो।

साउन २५ गते आईतबार जगदम्बार स्टिल प्रालिले उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारीको स्वाब संकलन गरि परीक्षणको लागि काठमाडौ पठाएको थियो।

साउन २७ गते आएको परीक्षणको रिपोर्टमा ११ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले उद्योगमा कार्यारत ११ जना संक्रमित मध्ये पाँच जना सम्पर्कमा आएको र बाँकी छ जना सम्पर्क बिहिन रहेको बताएका छन्।

उद्योगमा कोरोना संक्रमित भेटिए पछि सम्बन्धीत स्थानीय, राजनीतिक दल, नागरिक समाज लगाएतकोबाट कोरोना संक्रमण फैलिन नदिनको लागि व्यवस्थ गर्न अनुरोध गरिएकोले साउन ३२ गतेसम्मको लागि उद्योगलाई सिल गरिएको छ ।