जाडो सिजनमा कोरोना संक्रमण अझै तीव्र फैलिन्छ: डब्लुएचओ - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

जाडो सिजनमा कोरोना संक्रमण अझै तीव्र फैलिन्छ: डब्लुएचओ



एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिसो याममा युरोपमा कोरोना संक्रमण अझ तीव्र हुने चेतावनी दिएको छ।

चिसो मौसममा अस्पतालमा भर्ना हुनेको संख्या बढ्ने र मृत्यु दरमा अझ वृद्धि हुने डब्लुएचओको भनाइ छ।

डब्लुएचओका क्षेत्रीय निर्देशक हेनरी क्लगले भने, ‘हामी अनावश्यक भविष्यवाणी गर्न चाहँदैनौं, तर चिसो मौसममा बढी मानिसहरु अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने आशंका छ।’

विद्यालय खुल्ने, चिसो मौसम र यस्तो मौसमका कारण ज्येष्ठ नागरिकहरुको बढी मृत्यु हुने भएकाले संक्रमण अझ घातक हुने उनको भनाइ छ।

हाल विश्वभर संक्रमितको संख्या २ करोड ४३ लाख ३ हजार १ सय २८ छ भने ८ लाख २८ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ।