इजलासमा विवाद भएपछि जबराले भने: व्यक्तिका बारेमा प्रश्न नउठाइदिनोस्
काठमाडौं । कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका छन् । उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका हुन् ।
“नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?,” बन्दीको प्रश्न थियो,“त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।”
न्यायाधीश श्रेष्ठको कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाइदिन आग्रह गरेका थिए ।
बन्दीले न्यायाधीश श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएपछि प्रधानन्यायाधीशको यस्तो आग्रह गरेका हुन् । “व्यक्तिका बारेमा प्रश्न नउठाइदिनोस्,” उनको भनाइ थियो, “उहाँलाई न्यायाधीशको रुपमा हेरिदिनुस् ।”
सोही क्रममा महान्यायाधीवक्ताले पनि कानुनविद् बन्दीलाई बहसमै रोक लगाउनुपर्ने तर्क अघि सारेका थिए ।