बाहिर त्यस्तो वातावरण छ र ? भन्दै जबराले इजलासमै ठट्टा गरेपछि... - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बाहिर त्यस्तो वातावरण छ र ? भन्दै जबराले इजलासमै ठट्टा गरेपछि…



काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबार इजलासमै ठट्टा गर्दै सहन्यायाधिवक्तालाई प्रश्न गरेका छन् । संसद विघटन गर्ने सरकारी निर्णयको प्रतिरक्षाका लागि आएका सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईसँग जबराले ठट्टा गरेपछि इजलासमा हाँसोको फोहरा छुटेको थियो ।

सहन्यायाधिवक्ता भट्टराईले सर्वोच्च अदालतको फैसलाबाट मुख्य ३ वटा अपेक्षा रहेको बताएपछि जबराले बाहिर सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने वातावरण छ र ? भन्दै लामो हाँसो हासेका थिए ।

भट्टराईले सर्वोच्च अदालतको फैसलाबाट मुख्य ३ वटा अपेक्षा रहेको बताए । ‘सर्वोच्च अदालतले विवाद किनारा गर्दा फैसला यस्तो होस्, सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने होस्, वौद्धिक रुपमा आदर गर्न सकिने होस् र व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिने खालको होस् ।’

संसद विघटन गर्ने सरकारी निर्णयको प्रतिरक्षाका लागि आएका सहन्यायाधिवक्ता भट्टराईले सर्वोच्चको फैसला सबैले स्वीकार गर्न सकिने होस भनेपछि प्रधानन्यायाधीशले त्यस्तो वातावरण छ भनी प्रश्न गरे ।

भट्टराईले संसद विघटनको सरकारी निर्णय सार्वभौमसत्ता सम्पन्न जनतासमक्ष गएको भन्दै अब त्यसलाई विघटन गर्ने र विघटित हुने सबै पक्षले जनतामा परीक्षण गर्नुपर्ने बताए ।

प्रधानन्यायाधीश जबराले त्यस्तो वातावरण छ भनी प्रश्न गरे । उनले भने, ‘त्यस्तो त फेरि फ्लोरमा वातावरण हुनुप-यो नि होइन ? हाहा अहिले जुन किसिमको वातावरण छ नि यो सम्भावना छ र ?’