सात जना मन्त्रीविरुद्धको रिट जबराले आफ्नै इजलासमा राखे - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

सात जना मन्त्रीविरुद्धको रिट जबराले आफ्नै इजलासमा राखे



काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सातजना मन्त्री विरुद्धको रिट फेरि आफ्नै इजलासमा राखेका छन् । संसद् सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाएको विरोधमा सर्वोच्च अदालतमा परेका निवेदनलाई उनले आफ्नै इजलासमा राखेका हुन्।

यसअघि पनि यही विषयमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले दर्ता गरेको निवेदनलाई प्रधान न्यायाधीश जबराले आफ्नै इजलासमा राखी अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए ।

उनले निवेदनमा मागदाबी नै नलिएको भन्दै मन्त्रीहरूलाई तत्काल काम नगर्नू/नगराउनू भनी आदेश दिन अस्वीकार गरेका थिए । अधिवक्ताहरू विराज थापा र कपिलदेव ढकालले दर्ता गरेका छुट्टाछुट्टै निवेदनमाथि बिहीबार जबराकै इजलासमा सुनुवाइ हुँदै छ ।