जब अर्घाखाँची पुगेर आन्दोलनका घाइतेको मर्म गाय खत्रीले - Himal Post Himal Post
  • ३० बैशाख २०८२, मंगलवार
  •      Tue May 13 2025
Logo

जब अर्घाखाँची पुगेर आन्दोलनका घाइतेको मर्म गाय खत्रीले



अर्जुन भुसाल /अर्घाखाँची,३ माघ

‘मेरो नेपाल बन्छ भने मर्छु भनि डिडँे,
अध्यारोमा नयाँ किरण छर्छु भनि हिडँे’
‘न त सहिद हुन सकेँ न त कुशल रहँे’
आज यसै थला परेँ घर न घाटको भएँ
बाच्चै गाह्रो पिर माथि पीडा सहेर
अहिले सम्म थलाको थलै छु आन्दोलनमा घाइते भएर
चर्चित लोक गायत विष्णु खत्रीले सन्धिखर्कमा आयोजित बृहत कृषि तथा साँस्कृतिक मेलामा यसरी गीत गाउँदा कार्यक्रममा सहभागी दर्शकहरुका आखाँ रसाए । उनले गीत गाउँदै नेपालको राजनीतिक घटनाक्रमलाई जोडे । नेपाली नागरिकको पटकपटकको बलिदानीपूर्ण आन्दोलनले देशमा गणतन्त्र आइसकेको भएपनि आन्दोलनका घाइते र सहिद परिवार अझै पीडामा पिल्सिनु परेको तितो यथार्थलाई गीतको माध्यमबाट पस्किए
नेता ज्यूले कसम खाँदै भाषणमा भनेको
व्यवहारमा नै देख्न पाइयोस हाम्रो देश बनेको
नयाँ नेपाल बन्छ भन्दै छाती थापी थापी
गोली खाँदै खोसेका हौं निरङकुशको चाबी
बाच्नै गाह्रो पिर माथि पीडा सहेर ……
परिवर्तनका आन्दोलनमा घाइते भएकालाई सरकारले बेवास्ता गरेको घटनामा आधारित गितले कार्यक्रमका दर्शक स्तभ्द भए । ‘नेताले जनतालाई आन्दोलन र चुनाव पछि वास्तै गरेनन्’ उनले भने, ‘त्यसैले राजनीति प्रति जनताको वितृष्णा बढ्दै गइरहेको छ ।’ विभिन्न आन्दोलनमा घाइते भएर उपचार गर्न नपाएका घाइतेलाई सम्झँदै उनले सरकारले उनीहरुलाई उचित ढंगले सम्वोधन गर्नु पर्ने माग गरे । उनको गीतले कार्यक्रम स्थलमा सहभागी प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाल, प्रहरी नायव उपरिक्षक नवरत्न पौडेल सहित विभिन्न राजनीतिक दलका नेताहको ध्यान तान्यो ।

उनले दुःख र पीडाका मात्र गीत गाएनन् । थुप्रै मनोरञ्जनात्मक गीतहरु पनि गाए । गाउँमा घर बेसीमा खेत, पल्टनबाट छुट्टीमा आको, मेरो माया नेपाली सैनिक, जम्भु कस्मीरमा, मुस्ताङ्ग लेतेमा लगायतका गीत आए । लगनको माघ महिनाको सुरुवात भएको भन्दै उनले विभिन्न पञ्चेबाजाका गीतहरु पनि गाए । उनले गीत आइरहँदा दर्शकहरु धेरैले ताली बजाए, केही नाचे । कार्यक्रममा लोक गायिका सिता राना, सागर संगम खड्का, विष्णु केसी, पार्वती पाण्डे, बेगम गन्धर्व, ठाकुर गन्धर्व लगायतका कलाकारहरु आफ्ना प्रस्तुती राखे । रक्तिमका कलाकारहरुले विभिन्न गीत, नृत्य प्रस्तुत गरे ।

मेलामा साँस्कृतिक कार्यक्रमका साथै कृषि मेलाले पनि दर्शकको ध्यान खिचेको थियो । कृषकहरुले उत्पादन गरेका कृषि जन्य बस्तु, पशुपंक्षी, घरेलु उद्योगबाट उत्पादित विभिन्न बस्तुहरु प्रदर्शनमा राखिएको थियो । उत्कृष्ट बस्तु प्रदर्शन गर्ने कृषकहरुलाई पुरस्कृत गरिएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र, मुख्य आयोजक रहेको कार्यक्रममा केयुविके, जिविस, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँची समेत आयोजक रहेका थिए । उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले कृषि बस्तुको प्रबद्र्धनका लागि मेलाको आयोजना गरिएको बताए ।

‘प्रत्येक वर्ष माघे संक्रान्तिको अवसर पारेर मेला आयोजना गरिने गरिएको छ’ उनले भने, ‘आगामी वर्ष देखि मेलालाई अझै वृहत बनाउने सोँचमा छौं ।’ माघे संक्रान्तिमा जिल्ला सदरमुकाम भएर बग्ने खोलाहरु बाँगी घोँचे र भद्रीको संगम स्थल त्रिवेणीधाममा दर्शनार्थीहरुको घुइचो लागेको थियो । त्रिवेणी धाममा माघे क्रान्तिमा स्नान गर्न भक्तजनहरु आउने गर्छन ।