जब आफ्नै बाबुले पटक पटक बलात्कार गरे.... - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

जब आफ्नै बाबुले पटक पटक बलात्कार गरे….



काभ्रे । काभ्रेको पनौती नपा ११ भुमिडाँडामा १७ बर्षिया छोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी छिन् । सुन्दा पत्ताउन मुस्किल यो घटनापछि बाबुको विश्वासमा समेत प्रश्न चिन्ह खडा गरेको छ । जिल्लाको पनौती ११ भुमिडाँडाकी १७ बर्षिया बलात्कृत हुने युवतीले जाहेरीमा आफूलाई पहिलो पटक सौतिनी आमाको माईती बारा गएको समयमा बुबाले बलात्कार गरेको उल्लेख गरेकी छिन् । इलाका प्रहरी कार्यालय बनेपा प्रहरी निरिक्षक सुनिलजंग शाहले सुरुमा पत्याउने मुस्किल घटनाको जाहेरी दिन आएपछि अचम्ममा परेको सुनाए ।

किशोरीले दिएको जाहेरीलाई पहिलो प्राथमिकतामा राखेर कारबाही अघि बढाएको शाहले बताए । बलात्कारको आरोपी ३७ बर्षिया व्यक्तिका दुई श्रीमती रहेकोमा उनी जेठी श्रीमती तर्फको जेठी छोरी हुन् । जेठी श्रीमती बलात्कारको आरोपीसँग नबसेपछि उनले कान्छी श्रीमती ल्याएका थिए । जेठी श्रीमतीका एक छोरा र एक छोरी छन् भने कान्छी श्रीमतीको एउटा छोरी छ । कान्छी श्रीमती कामको सिलसिलामा बहराईन गएपछि आरोपी समेत अरब राष्ट्रहरूमा कामको सिलसिलामा जाने गरेका थिए ।

करिब तीन वर्षअघि अरबबाट नेपाल आएपछि छोरी कान्छी श्रीमतीको माइत बारामा गएको समयमा जाहेरी दिने किशोरीलाई बलात्कार गरेका थिए । त्यसपछि पनौती भुमिडाँडामा आएर उनलाई बुबाले पटक पटक बलात्कार गरेका थिए । बलात्कारपछि केही वर्षअघि उनी गर्भवती समेत बनेपछि बुबाले घरमै गर्भपतन हुने औषधी सेवन गराएको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

छोरीको गर्भ रहेपछि पनि बाबुले उनलाई बलात्कार गर्न नछाँडेको जाहेरीमा उल्लेख गरेकी छिन् । अन्तिम पटक बाबुले उनलाई मङ्सिर १९ गते बलात्कार गरेका थिए । सुरुमा आफ्नै बाबुले बलात्कार गर्ने गरेको सौतिनी आमालाई बताउन नसकेपनि ती किशोरीले सौतिनी आमासँग बाबुले गर्ने गरेको अपराध बताएपछि आमाकै सहयोगमा उनले प्रहरीसँग जाहेरी दिएकी हुन् ।

आफन्त र परिवारहरुवाटै घरमा र गाउँमै कुरा मिलाउन दबाब आएपनि उनीहरूले अन्यायमा परेकाले न्यायका लागि भए पनि जाहेरी दिएको प्रहरीसँग बताएका छन् । प्रहरीलाई उनीहरूले मङ्सिर १९ गतेनै जाहेरी दिएपनि प्रहरीले यो घटना सार्वजनिक गरेको थिएन । प्रहरीले आरोपीलाई हाडनाता करणी उद्योगमा मुद्दा दर्ता गराएको छ भने आरोपी बुबा प्रहरी नियन्त्रणमा रहेका छन् ।अाजकाे राजधानी दैनिकमा खबर छ ।