घरेलु मैदानमा इटालीको सङ्घर्षपूर्ण जित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घरेलु मैदानमा इटालीको सङ्घर्षपूर्ण जित



एजेन्सी – इटालीले युरोकप छनोटमा संघर्षपुर्ण जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा इटालीले बोस्निया हर्ज गोभिनामाथि २–१ को सङ्घर्षपूर्ण जित निकालेको हो ।

घरेलु मैदानमा इटालीको सङ्घर्षपूर्ण जितमा लोरेन्जो इनसिग्ने र मार्काे भेराट्टीले गोल गरे । बोस्नियाका इडेन जेकोले एक गोल गरे ।

इटालीले एक गोलले पछि परेको स्थितिमा जित निकालेको हो । खेलको ३२औँ मिनेटमा जेकोले गोल गरेपछि इटाली पहिलो हाफमा १–० ले पछि परेको थियो ।

दोस्रो हाफको शुरुमै इटालीले बराबरी गोल फर्काए । ४९औँ मिनेटमा लेरेन्जो इनसिग्नेले फेडरिकोको पासमा बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको ४ मिनेट बाँकी रहँदा मार्काे भेराट्टीले गोल गर्दै इटालीलाई २–१ को जित दिलाए ।

जितसँगै इटाली समूह ‘जे’ मा अपराजित रहेको इटालीको ४ खेलबाट १२ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ ।

अर्काे खेलमा फिनल्यान्डले लिचेस्टाइनलाई २–० ले हरायो । फिनल्यान्ड ९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । अर्मेनियाले ग्रीसलाई ३–२ ले हरायो ।

अर्मेनिया ६ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । ग्रीस र बोस्निया हर्ज गोभिना समान ४ अङ्कसहित चौथो र पाँचौँ स्थानमा रहँदा लिचेस्टाइनले अङ्क जोड्न सकेको छैन ।