सबैभन्दा बढी क्षति इटालीमा: एकै दिनमा ६२७ ले ज्यान गुमाए - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सबैभन्दा बढी क्षति इटालीमा: एकै दिनमा ६२७ ले ज्यान गुमाए



काठमाडौं- कोरोना भाइरसका कारण सबैभन्दा क्षति व्यहोरिरहेको इटालीमा गत २४ घन्टामा यसले ६२७ को ज्यान लिएको छ।

एएफपीका अनुसार योसँग इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ।

इटालीमा ४७ हजार २१ लाई कोरोना भाइरसको संक्रमण भएको छ।

योसँगै कोरोना भाइरसका कारण संसारभरि नै ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ७६ पुगेको छ।