इटालीमा ह्वात्तै घट्यो मृत्यु हुनेको सङ्ख्या - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

इटालीमा ह्वात्तै घट्यो मृत्यु हुनेको सङ्ख्या



काठमाडौं- इटलीमा कोरोना भाइरसको कहर कम भैरहेको छ । कोरोना संक्रमणको कारण मृत्यु हुने मानिसको संख्या दुई सातायताकै कममा झरेको छ ।

आइतबार इटलीको सिभिल प्रोटेक्शन मिनिस्टि्रले दिएको जानकारी अनुसार २४ घण्टामा ५२५ जनाको यो भाइरसको कारण मृत्यु भएको हो ।

यससँगै इटलीमा समग्र मृत्यु हुने मानिसको संख्या पनि १५ हजार ८७७ पुगेको छ । आइतबार सार्वजनिक गरिएको दैनिक मृत्यु हुनेको संख्या इटलीको लागि दुई सातायताकै कम हो ।

इटलीमा आइतबार चार हजार ३१६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै इटलीमा समग्र संक्रमितको संख्या पनि एक लाख २८ हजार नाघेको छ ।

संक्रमितको संख्यामा पनि पछिल्लो केही दिनयता निरन्तर कमी आइरहेको छ । अहिलेसम्म इटलीमा २१ हजार ८१५ जना संक्रमित निको भइसकेका छन् । अहिले इटलीमा ९१ हजारभन्दा धेरै कोभिड-१९ का बिरामी निको हुन बाँकी छन् ।

इटलीमा पछिल्लो सातादेखि भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको छ ।