इटालीमा कोरोना सङ्क्रमित २३ हजार उपचारपछि घर फर्किए - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

इटालीमा कोरोना सङ्क्रमित २३ हजार उपचारपछि घर फर्किए



काठमाडौँ- इटालीमा कोरोना भाइरसका कारण हालसम्म १६ हजार ५२३ जनाको मृत्यु भएको छ ।

सोमबारमात्रै इटालीमा कोरोना भाइरसका कारण ६३६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या झण्डै १ लाख ३२ हजार पुगेको छ ।

सोमबारमात्रै इटालीमा ३५ सयभन्दा बढी संक्रमित फेला परेका छन् । इटालीमा झण्डै २३ हजार संक्रमित उपचारभएपछि निको भएर घर फर्किएका छन् ।

लामो समयदेखि इटाली लकडाउनमा रहेको छ ।

तर, उच्च सतर्कता नअपनाउँदा देशले ठुलो क्षति भोगेको अधिकारीहरुले बताउँदै आइरहेका छन् ।

इटालीले यो महासंकट आफ्नै कमजोरीका कारण भोगेको अधिकारीहरुले बारम्बार बताउँदै आइरहेका छन् ।