इटालीमा काेराेना महामारी: एकैदिन ४९ जनाकाे मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

इटालीमा काेराेना महामारी: एकैदिन ४९ जनाकाे मृत्यु



एजेन्सी- इटालीमा काेराेना भाइरस (कोभिड-१९)का कारण शुक्रबार एकैदिन ४९ जनाकाे मृत्यु भएकाे छ। याेसँगै त्यहाँ काेराेनाबाट मर्नेकाे संख्या १९७ पुगेकाे छ।

इटालीमा ४ हजार ६ सय ३६ जनामा काेराेनकाे संक्रमण देखिएकाे छ।

विश्वभर कोरोनाकाे कहर जारी छ। चीनको वुहानबाट सुरु भएकाे काेराेनाकाे संक्रमण विश्वका ९० देशमा पुगेकाे छ।

विश्वभरि करिब एक लाख मानिसमा काेराेनाकाे संक्रमण देखिएकाे छ।

चीनपछि इटली र इरान सबैभन्दा बढी कोरोनाबाट प्रभावित छन्।