कोरोना तनाव: संसारको सबैभन्दा बढी मृत्युदर इटालीमा
एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारीमा यूरोप ‘इपीसेन्टर’ बनेको बताएको छ ।
महामारीको केन्द्रविन्दुमा यूरोप भएकाले कोरोनाबाट बचाउन आक्रामक उपाय र समुदाय परिचालनका लागि डब्लुएचओले आग्रह गरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या इटालीमा उच्च देखिएको छ । गएको २४ घण्टाभित्र इटालीमा २५० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
एकै दिन यति धेरै संख्यामा मृत्यु भएकाे याे अहिलेसम्मकै उच्च हो ।
सवैभन्दा बढी प्रभावित चीनमा पनि एकै दिन यति धेरै मानिसले ज्यान गुमाएका थिएनन् ।
इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६६ पुगेको बीबीसीले जनाएको छ । १७ हजार ६६० जनामा संक्रमण देखिएको जनाइएको छ ।
अर्का इटाली पछि स्पेनको अवस्था पनि खराब देखिएको छ । स्पेनमा संक्रमित संख्या ४ हजार २३१ पुगेको छ ।
फ्रान्समा ७९ जनाको मृत्यु भएको छ भने २८७६ जना संक्रमित भेटिएका छन् ।
डब्लुएचओका अनुसार, अहिलेसम्म १२३ मुलुकका एक लाख ३२ हजार ५०० मानिसको परीक्षणा गरिएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार पुगिसकेको छ ।