इटहरीका मेयरले फेरि मागे माफी
सुनसरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी मागेको केहि दिनमै फेरी माफी मागेका छन् । उनले सार्वजनिक कार्यक्रममै महिलाहरुलाई अपमानित गर्दै अपशब्बोद बोलेका थिए ।
बुधबार इटहरीको एक कार्यक्रममा बोलेको आपत्तिजनक भनाइप्रति दुःख ब्यक्त गर्दै उनले क्षमायाचना गरेका हुन् । प्रमुख चौधरीले विज्ञप्ती निकालेर त्यो कार्यक्रममा आफूले बोलेका केही शब्दहरुले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट परेकोमा दुःख ब्यक्त गर्दै क्षमायाचना गरेको जनाएका छन्।
उनले इटहरीको समृद्धि र विकास महिला दिदीबहिनीको सहयोगबिना सम्भव नभएको बताएका छन्। मेयरले इटहरीको विकास र समृद्धिमा महिला दिदीबहिनीको महत्वपूर्ण साथ सहयोगका लागि आह्वान गरेका छन्।
विज्ञप्तीमा इटहरी उपमहानगरपालिका इटहरीका बेथिति, कुरीति र भ्रष्टाचारविरुद्ध लडिरहेको जनाएका छन् । इटहरीमा मौलाउँदो यौनधन्दालाई नरोकी समुन्नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने पनि उनले जिकिर गरेका छन्।