मासिक दुई लाख तलव, इजरायलमा खुल्यो रोजगारी: के के चाहिन्छ योग्यता ? - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मासिक दुई लाख तलव, इजरायलमा खुल्यो रोजगारी: के के चाहिन्छ योग्यता ?



काठमाडौं । इजरायलका लागि नेपाली कामदार माग गरिएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै केयरगिभरका लागि आवेदन खुलेको जनाएको हो ।

विभागले जारी गरेको सूचनामा २१ दिनभित्र विभागको वेभसाइट https://ferms.dofe.gov.np/israel/login मा अनलाइन आवेदन दिन सक्नेछ ।
इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको हो । विभागका अनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष माग गरिएको छ ।

मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने उल्लेख गरिएको छ ।

जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने सूचनामा उल्लेख छ । काम हप्तामा छ दिन गर्नुपर्नेछ । खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ ।

बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

के-के चाहिन्छ योग्यता ?
—नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको ।

—उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट) ।

—तौल ४५ केजी ।

—शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।

—अंग्रेजी भाषामा दक्ष ।

—शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको ।