इजराइलका प्रधानमन्त्रीलाई भ्रष्टाचार महाअभियोग ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

इजराइलका प्रधानमन्त्रीलाई भ्रष्टाचार महाअभियोग !



काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई त्‍यहाँका महान्‍याधिवक्ताले भ्रष्टाचारको महाअभियोग लगाएका छन्।

बिहीबार महान्‍याधिवक्ताले प्रधानमन्त्रीलाई भनेका छन्, ‘ प्रधानमन्त्री बेन्जामिनविरुद्ध घुस, ठगी र धोका दिने व्‍यक्तिको रुपमा मुद्दा लगाइएको छ। उक्त सुनुवाइ स्थगित छ।’

यता, प्रधानमन्त्री बेन्जामिनले भने आफूलाई व्‍यापरीबाट आएको महँगा गिफ्टहरु लिएको स्वीकार गरेका छन्। साथै आफ्‍नो अनुकुल मिडिया कभरेज गरेको आरोप उनीमाथि लगाइएको छ।

अप्रिलमा भएको चनावको सामना गरिहरेका सबै गलत काम गरेको बारे भन अस्वीकार गरेका छन्। उनले भनेका छन्, ‘म एउटा बोक्सीको सिकार भएको छु।उसको उद्देश्‍य हो मलाई जित्‍नु।’

अब प्रधानमन्त्रीलाई अन्तिम सुनुवाइमा अभियोगविरुद्ध आफ्‍नो मुद्दा बनाउने अवसर मिल्‍नेछ, जुन चुनावपछि मात्रै सम्भव छ। यदि उनको तारेख खारेज भयो भने इजराइलको इतिहासमा पहिलो पटक बहालबाला प्रधानमन्त्रीलाई अपराधिक घटनाको सामना गर्नु पर्ने हुन्छ।’

यता, विपक्षी दलका नेताले भनेका छन्, ‘यदि यस्तो हो भने नेतन्याहूलाई प्रधानमन्त्री पदमा बस्‍ने कुनै हैसियत हुँदैन। उसले पद त्‍याग्नुपर्छ।’
उसको राजीनामाबारे सर्वोच्चको फैसलाले तय गर्ने बताइएको छ।