आइसोलेसनमा रहेकी महिलालाई चिकित्सकले गरे बलात्कार - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

आइसोलेसनमा रहेकी महिलालाई चिकित्सकले गरे बलात्कार



एजेन्सी- भारतमा आइसोलेसन वार्डमा भर्ना भएकी एक विवाहित महिलाको बलात्कारपछि मृत्यु भएको छ।

बिहारको गयामा कोरोना वार्डमा भर्ना भएकी महिलाको मृत्यु भएपछि परिवारका सदस्यले स्वास्थ्यकर्मीमाथि बलात्कार गरेको आरोप लगाएका छन।

परिवारका अनुसार महिलालाई गयाको अनुग्रह नारायण मगध मेडिकल कलेजमा भर्ना गरिएको थियो। अस्पतालमा अलग्गै आइसोलसन वार्डमा राखिएकी महिलामाथि एक स्वास्थ्यकर्मीले लगातार दुई दिनसम्म बलात्कार गरेको आरोप लागेको छ।

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्केकी थिइन्। घर फर्किदा महिलामा अत्यधिक रक्तस्राव भएपछि मृत्यु भएको हो। उनी २ महिनाकी गर्भवति थिइन्। स्थानीय अखबार दैनिक जागरणका अनुसार २४ वर्षीया महिला लकडाउन भएपछि २४ मार्चमा पञ्जाबको लुधियानाबाट परिवारसँगै घर फर्केकी थिइन।

गाउँ फर्केपछि उनको स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको थियो। अप्रिल १ तारिखमा उनलाई कोरोनाको आशंकामा आइसोलेसन वार्डमा सारियो।

आइसोलेसन वार्ड भरिमा एक्लै रहेकी महिलामाथि नियमित जाँच गर्न आउने चिकित्सकले बलात्कार गरेको परिवारको आरोप छ। घर फर्कीएकी महिलाले एक्लै देखेर आफूमाथि बलात्कार गरेको परिवारलाई बताएकी थिइन्।

उनको अत्यधिक रक्तस्रावका कारण सोमबार निधन भएको भारतीय मिडियाले जनाएका छन्।