पोख्रेलले भेटे अस्ट्रेलिया मै कति राम्री ....(भिडियो सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

पोख्रेलले भेटे अस्ट्रेलिया मै कति राम्री ….(भिडियो सहित)



काठमाण्डौं : रातो रिबन रातो रिबन बोलको गीतबाट चर्चा कमाएका गायक इश्वर पोखरेल पछिल्लो पटक कति राम्री बोलको गित वजारमा ल्याएका छन् ।

१० बर्ष पहिले अस्ट्रेलिया गएका गायक पोखरेलले २ दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका छन् । गायक पोखरेलका रातो रिबन, काली मोरीले, तिमी छैनौ त छैन शीतल, मैले झै मर्ने बारे सोछ्छौ होला, कती बज्यो भनेर सोधम लगायतका गित चर्चित छन् ।

गायक ईस्वर पोखरेलको स्वर, एक नारायण भण्डारीको शब्द, आशीष अबिरल को संगीत रहेको कति राम्री बोलको गीतमा रविन भुजेल र सारा श्रीपाईलीको अभिनय रहेको छ । उनिहरुलाई नेपाली ठिटोज समूहले साथ दिएका छन । सुनिल क्षेत्रीको निर्देशन रहेको उक्त गीतमा नेपालको प्राकृतिक सौन्दर्यसँग प्रेमिकाको तुलना गर्ने प्रयास गरिएको छ । गायक पोखरेल विदेशमा वसेर पनि नेपाली कला संगितमा सर्वाधिक व्यस्त हुने गायकमा पर्छन ।