सूर्य चिन्ह जता जान्छ त्यतै लाग्ने मनस्थिति त्यागौं: पोखरेल - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

सूर्य चिन्ह जता जान्छ त्यतै लाग्ने मनस्थिति त्यागौं: पोखरेल



काठमाडौँ- उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले सूर्य चिन्ह जता जान्छ त्यतै लाग्ने मनस्थिति त्याग्न आग्रह गरेका छन् । उनले सकेसम्म सुर्य चिन्ह आफैले पाउने बताउँदै जनप्रतिनिधि भेलामा यस्तो बताएका हुन् ।

शुक्रबार काठमाडौंमा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित जनप्रतिनिधि भेलामा नेता पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक हुने भएकाले विभाजित मनस्थिति नबनाउन आग्रह समेत गरेका छन् ।

पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका हुन्।उनले सूर्य चिन्ह कसको हुन्छ भन्नेमा समेत द्विविधामा नपर्न आग्रह गरे।

आधिकारिक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने उनले बताए। यदि कानुनी रुपमा अल्झो टुङ्गीन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताए।

स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि उनले आग्रह गरे। सूर्य चिन्ह नपाए पनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने उनले आफूपक्षीय कार्यकर्ताहरुलाई बताए।