पोखरेललाई सम्धी काण्ड फलिफाप: प्रधानमन्त्रीले गरे दुबैको बचाउ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

पोखरेललाई सम्धी काण्ड फलिफाप: प्रधानमन्त्रीले गरे दुबैको बचाउ



काठमाडौं- निकै चर्चा र विवादको बिषय बनेको सम्धी काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेलको बचाउ गर्दै संचारमाध्यमले अतिरंजना फैलाएको बताएका छन् ।

एक साता यता सम्धी प्रकरणमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल मुछिएका छन् र पोखरेलका सम्धीले अहिले सातौ पटक ठुलो पदमा नियुक्ति पाउँदै छन् ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै जनता जान्न चाहन्छन् कार्यक्रममा ओलीले प्रतिस्पर्धा गरेर आएको र सम्धी हुनुभन्दा पहिले नै योग्य भएको व्यक्तिलाई बेकारमा फसाइएको बताए ।

ओलीले व्यक्तिको सम्बन्धलाई अरु नेतासँग जोड्नु गलत भएको समेत बताउँदै ईश्वर पोखरेलको बचाउ गरेका छन् ।

मन्त्रिपरिषदले पोखरेलको सम्धी डा. उपेन्द्र कुमार कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेपछि पोखरेलको आलोचना भइरहेको बेला छ।

त्यसैबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘सम्धी हुनु भन्दा पहिला नै पीएचडी गरेको, भिसी हुन गएको व्यक्ति हो। सम्धी पछि भए। प्रतिस्पर्धा गरेर आएका होलान। ईश्वर पोखरेलसँग किन जोडियो?’