उपप्रधानमन्त्री पोखरेलको जिम्मवारी थपियो - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

उपप्रधानमन्त्री पोखरेलको जिम्मवारी थपियो



काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मवारी थपिएको छ । पोखरेलले राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा पाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई मंगलबार औपचारिक रुपमा जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्टि गरेको हो।

राष्ट्रिय गौरवका आयोजनाको काम गर्दा आइपरेका विभिन्न राजनैतिक समस्याको समाधान अबदेखि पोखरेलले गर्ने छन्।

जिम्मेवारी पाएलगत्तै पोखरेलले राष्ट्रिय गौरवका आयोजनामध्ये केही सडक आयोजनाको प्रगति र अवरोधबारे छलफल गरेका थिए।

छलफलमा पोखरेलका साथै भौतिक योजना तथा निर्माणमन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र सम्बन्धित आयोजना प्रमुखहरूको उपस्थिति थियो।

छलफलमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा दुई ठाउँमा अवरोध आएको र हटाउन पहल गरिदिन आयोजना प्रमुखले उपप्रम पोखरेललाई आग्रह गरे।

मंगलबारको छलफलमा हुलाकी राजमार्ग, कोशी करिडोर, गण्डकी करिडोर र कर्णाली करिडोरमा भएको प्रगतिका साथै समस्याको बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. तीर्थ ढकालले नेपाल समयलाई जानकारी दिए।