ईश्वर पोखरेलले गुप्तचरलाई थुरेपछि... - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ईश्वर पोखरेलले गुप्तचरलाई थुरेपछि…



काठमाडौं-

‘तपाईंहरु एफएम सुनेर रिपोर्ट लेख्नुहुन्छ ?’
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका रक्षामन्त्री ईश्वर पोखरेलले यति भनेर पनि चित्त बुझाएनन् । ‘अबदेखि यस्तो भयो, त्यस्तो भयो भन्ने रिपोर्ट नल्याउनुस् ।

यस्तो रिपोर्ट सेना र सशस्त्रले पनि दिन्छन् । बिहानै एफएम सुन्यो भने सबै कुरा थाहा भइहाल्छ नि १ अब के हुँदैछ भन्ने पूर्वसूचना पो चाहिएको छ,’ पोखरेलले यसो भनेपछि सबै स्तब्ध भए ।

राष्ट्रिय अनुसन्धान विभागभित्रै ०४६ अघिसम्म बाह्य मामिला हेर्न सक्रिय राष्ट्रिय जनसम्पर्क प्रधान कार्यालय ‘ख’ जस्तै प्रतिजासुसी एकाइ गठन गर्ने गरी मस्यौदा पेस भइरहेको बेला रक्षामन्त्रीले एक छलफलका क्रममा केही दिनअघि यस्तो कटाक्ष गरेका हुन् ।
जनआस्था साप्ताहिकबाट