ईश्वर पोखरेलले न्यायाधीशहरुलाई धम्क्याए
काठमाडौं । उपप्रधानमन्त्री एंव नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरुलाई धम्क्याएका छन् ।
अदालतले भन्दा ठूलो फैसला दिने न्ययाधीश जनता भएकाले आफूहरुले जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन् ।
‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सार्वोच्चका न्यायाधीशहरु होइनन् र हुन सक्दैनन्’, स’बैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ ।’
पोखरेलले सत्वोच्चका न्यायधिसलाई थर्काएका छन् । न्यायाधीसलाई थर्काउँदै भनेका छन्, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैछ, त्यही दुर्भाग्यतर्फ जानको लागि प्रेरित गरेको छ ।
उपप्रधानमन्त्री पोखरेलले सडकबाट कोही भुस्याह कुकुर झैं भुक्दैमा प्रधानमन्त्री ओलीले राजिनामा नदिने दोहोर्याउँदै हिम्मत भए संसदमा अविश्वास प्रस्ताव ल्याउन चुनौती दिनुभयो ।
ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदि ने बताएका थिए । नागरिक दैनिकमा खबर छ ।