एमाले र माओवादी फेरि एकता हुने ईश्वर पोखरेलको दाबी - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

एमाले र माओवादी फेरि एकता हुने ईश्वर पोखरेलको दाबी



काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन्। उनले भने, ‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।’

प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्ने बताए।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे।

उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि पार्टीबीचको एकता र पार्टीका नेताकार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ एमाले अगाडि बढेको जानकारी दिए। रासस