ईश्वर पोखरेलले के गरे डेढ घन्टा ज्ञानेन्द्रको निर्मल निवासमा ? - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

ईश्वर पोखरेलले के गरे डेढ घन्टा ज्ञानेन्द्रको निर्मल निवासमा ?



नेपालको मूलधारकै राजनीतिक क्षेत्रले लगभग बहिस्कार गरेका पूर्व महाराजा ज्ञानेन्द्र शाहको महाराजगञ्जस्थित निर्मल निवासमा कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु एकदिनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले २०७६ साउन १७ गते शुक्रबार बिहान प्रवेश गरेको चर्चा छ ।

रक्षासचिव रेश्मीराज पाण्डेलाई साथमा लिएर पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मल निवास प्रवेश गरेका हालका कार्यबहाक प्रधानमनत्री पोखरेलले त्यहाँ लगभग डेढ घन्टा समय बिताएको हल्ला काठमाडौंमा व्यापक छ ।

कुन प्रयोजनले रक्षा मन्त्रालयसमेत सम्हालेका उपप्रधानमन्त्री पोखरेल रक्षा सचिवसहित प्रवेश गरेर निर्मल निवासमा डेढ घन्टासम्म बसे भन्ने स्पष्ट नभएपनि यो घटनाले राजनीतिक क्षेत्रमा व्यापक चर्चा पाएको छ ।

स्मरण रहोस् पूर्व राजा ज्ञानेन्द्रको आवास रहेको निर्मल निवास ईश्वर पोखरेलको निर्वाचन क्षेत्र पनि पर्छ । यो घटनाका सम्बन्धमा आधिकारिक पुष्टि कतैबाट भएको छैन ।

प्रहरी उच्च अघिकृतहरु भने रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको थाहा छैन भन्छन् । रक्षामन्त्री इश्वर पोखरेल निकट स्रोतका अनुसार महाराजा श्री ५ वीरेन्द्रको सम्पूर्ण जग्गा नेपाल ट्रष्टको सम्पत्ति भएकाले जग्गा खोज्ने सिलसिलामा रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास पुगेको बताउँछ । साँघु साप्ताहिकबाट