सत्याग्रही इशानलाई भेट्न प्रधानमन्त्री ओली अस्पतालमा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सत्याग्रही इशानलाई भेट्न प्रधानमन्त्री ओली अस्पतालमा



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न ह्याम्स हस्पिटल पुगेका छन् ।

गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रह बसेका दुई जनालाई भेट्न प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन् ।

अभियन्ताहरुलाई हस्पिटल लगिएको करिब ३० मिनेटपछि ओली उनीहरुलाई भेट्न पुगेका हुन् । हाल एमर्जेन्सीमा रहेका पुकार र ईः सँग प्रधानमन्त्रीले कुरा गरिरहेको इनफ इज इनफले जनाएको छ ।

प्रधानमन्त्री नै अस्पताल पुगेर सत्याग्रहीहरुको बारेमा बुझ्न आउनु सकारात्मक रहेको इनफ इज इनफले बताएको छ ।