आइरन चक्की भन्दै गर्भवतीलाई जुकाको औषधि दिएपछि
काठमाडाै । जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ-अल्बिन्डाजोल जुकाको औषधि हो ।
गर्भवती जाँच कक्षमा कार्यरत पव्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् ।
दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आईरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो ।