इरान तनावग्रस्त: अमेरिकाको विरोध गर्दै दशौं हजार जनता उत्रिए - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

इरान तनावग्रस्त: अमेरिकाको विरोध गर्दै दशौं हजार जनता उत्रिए



इरान- अमेरिकाले गरेको आक्रमणबाट इरानी सैन्य कमाण्डर मारिएपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

हवाइ आक्रमणमा इरानी सैन्य कमाण्डर कुसेम सोलेमानी मारिएपछि इरानमा अमेरिका विरोधी विशाल प्रदर्शन गरिएको छ ।

अमेरिकी अधिकारीहरुले अमेरिकालाई चेतावनी दिँदै अभिव्यक्ति दिएका छन् ।

अमेरिकी सेनाले भने उक्त हमला ‘अमेरिकी राष्ट्रपतिको निर्देशन’मा भएको प्रतिक्रिया दिएको छ ।

शुक्रबार बिहानै इरानी सैनिक विशेष फौजका कमाण्डर कुसेम सोलेमानी अमेरिकी हवाइ हमलामा मारिएका थिए ।

उक्त घटनापछि दशौं हजार नागरिकले सडकमा उत्रिएर ‘अमेरिकी अपराध’को विरोध गरेका छन् ।

सोलेमानीको हत्यालाई ‘एक अपराध’ भन्दै प्रदर्शनकारीले अमेरिका विरुद्ध नारावाजी गरिरहेका छन् ।

प्रदर्शनमा देखिएको ब्यापक जनसहभागिताले स्थिति थप तनावग्रस्त बन्ने देखिएको छ ।