इरानमा फेरि सुरू भयो संक्रमणको लहर : स्थिति भयावह हुने संकेत
एजेन्सी- इरानमा केहि समय रोकिएको कोरोना संक्रमणको दोश्रो महामारी सुरू भएको छ । यसलाई विस्वभर चिन्ताको रूपमा हेरिएको छ ।
जब कोरोना भाइरस चीनबाट फैलिन थाल्यो । यो विश्वव्यापी बन्यो । र, यस्को प्रभाव इरानमा पनि महामारीको रुपमा पर्न पुग्यो । बिचमा एकपटक मत्थर भएको इरान पुनः कोरोना भाइरस महामारीको केन्द्रबिन्दु भएको जनाइएको छ ।
अहिले त्यस्ता धेरै प्रमाणहरू आइरहेछन् ,जस्ले इरानमा यस्को प्रभाव पुनः दोहोरिएको छ । ८ करोड भन्दा बढी जनसंख्या भएको यस देशमा पुनः देखिएको प्रभावलाइ संक्रमणको दोस्रो लहर भनेर विज्ञहरुले भन्न थालेका छन् ।
यसले पुनः ठूलो क्षति पु-याउने अनुमान गरिएको छ । यस अघि इरानमा आठ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । र, अहिले १ लाख ७७ हजार बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमितको संख्या फेरि बढ्दै छ, तर नयाँ लकडाउन भने इरानमा लगाइएको छैन ।