इरानमा जहाज दुर्घटना: १ सय ६७ जनाको मृत्यु - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

इरानमा जहाज दुर्घटना: १ सय ६७ जनाको मृत्यु



काठमाण्डाै – इरानमा भएको हवाई जहाज दुर्घटना परि जहाजमा सवार १ सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्य सबैकाे ज्यान गएकाे छ ।

दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएकाे इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जहाजमा सवार एक सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्यकाे ज्यान गएकाे विमानस्थलका वरिष्ठ जनसम्पर्क कार्यालयका अली खशानीलाई उद्धृत गर्दै प्रेस टिभीले भनेकाे छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रायेटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सकाे बाेइङ ७३७ हवाई जहाज इमाम खामेनेई विमानस्थलमा उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भएकाे थियाे ।

दुर्घटनाग्रस्त हवाई जहाज तेहरानको इमाम खामेनेई अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी कीवको बोर्यस्पिल अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो ।

नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रजा जाफरजादेहले हवाई जहाज तेहरानको दक्षिण पश्चिमी इलाकामा दुर्घटना भएको हो ।

यसअघि विमानमा एक सय ८० जना सवार रहेकाे इरानी सञ्चारमाध्यमले बताएका थिए ।

यसअघि ईरानकाे गैरसरकारी सहयाेगी संस्था ‘रेड क्रिसेन्ट’ का अनुसार याे दुर्घटनामा काेही पनि यात्रुकाे बाँच्ने सम्भावना एकदम न्यून रहेकाे जनाएकाे थियाे ।

ईरानी समाचार एजेन्सी फाेर्सका अनुसार प्राविधिक समस्याका कारण हवाई जहाज दुर्घटना भएकाे हाे । यसअघिका रिपाेर्टमा याे हवाई जहाज युक्रेनकाे राजधानी कीएफ गइरहेकाे बताइएकाे थियाे ।

दुर्घटना लगत्तै उद्धारकर्ताहरुलाई दुर्घटनास्थलमा पठाइएकाे थियाे । ईरानकाे आपतकालीन सेवाका प्रमुख पीरहुसैन कुलीवन्दले समाचार एजेन्सी राेयटर्ससँग भनेका थिए, ‘हवाई जहाजमा आगलागी भएकाे छ, हामी सायदै केही यात्रुहरुलाई बचाउन सक्छाै ।’

यसअघि पनि बाेइङ्ग कम्पनीकाे हवाई जहाज दुर्घटना हुँदा धेरैले ज्यान गुमाइसकेका छन् । फेरि दुर्घटनापछि बाेइङ्ग कम्पनीकाे हवाई जहाजलाई लिएर प्रश्न उठेकाे छ ।