बलेफी हाइड्रो र ग्रीन भेन्चरले ९९ करोड बढिको आईपीओ तत्काल निष्काशन गर्दै - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

बलेफी हाइड्रो र ग्रीन भेन्चरले ९९ करोड बढिको आईपीओ तत्काल निष्काशन गर्दै



काठमाडौं -बलेफी हाइड्रोपावर लिमिटेड र ग्रीन भेन्चर लिमिटेडकोे साधारण सेयर आईपीओ चाडै नै आउदै छ । उक्त दुई कम्पनीको ९९ करोड ५ लाख बढिको ९९ लाख ५ हजार बढि कित्ता आईपीओ निष्काशन गर्न लागेको होे ।

बलेफी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । यस्तै ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।