आइपिएल : आज धोनी र रोहितको भिडन्त - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

आइपिएल : आज धोनी र रोहितको भिडन्त



भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार वेलुका रोहित शर्माको कम्तानीमा रहेको मुम्बई इन्डियन्स र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सबिच प्रतिस्पर्धा हुने भएको छ। खेल नेपाली समय अनुसार वेलुका ८ बजेर १५ मिनेटमा सुरु हुनेछ।

खेल चेन्नईमा हुनेछ । चेन्नईले यस पटको आईपीएलमा आफ्नो होम ग्राउण्डमा भएका सबै खेल जितेको छ।

मुम्बई र चेन्नईको बिच हालसम्म आईपीएलमा कुल २७ खेल भएका छन्। जसमा मुम्बईले १५ र चेन्नईले १२ मा जित निकालेको छ।

अहिलेसम्म ११ खेल खेलेको चेन्नई ८ मा जित निकाल्दै १६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ भने १० खेलमध्ये ६ मा जित निकालेको मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा छ। चेन्नईको प्लेअफ स्थान सुरक्षित छ।