आइपिएल फाइनलको सबै टिकट २ मिनेटमै बिक्यो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आइपिएल फाइनलको सबै टिकट २ मिनेटमै बिक्यो



एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनल खेलेको टिकट १ सय २० सकेण्ड अर्थात दुई मिनेटमा सकिएको छ ।

भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) ले बुधबार फाइनलको टिकट ब्रिकी गर्न आदेश दिएको थियो । आदेश दिएको दुई मिनेटमै सबै टिकट बिकी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सँगै हैदरवाद क्रिकेट संघले दुई मिनेटमै कसरी आईपीएलको टिकट सकियो भनेर प्रश्न उठाएको छ ।

फ्रेन्चाईज टोलीले सबै टिकट बुक गरेको हुन सक्ने शंका गरिएको छ । टिकटको मुल्य १ हजार देखी २५ हजार सम्म रहेको थियो। फाईनल हुने भनिएको राजिभ गान्धी इन्टर नेशलन क्रिकेट स्टेडियमको क्षमता ५५ हजार दर्शक अट्ने रहेको छ ।

आईपीएलको फाईनलमा मुम्बई इन्डियन्स पुगिसकेको छ । दोस्रो क्वालिफायर दिल्ली र चेन्नई सुपर किंग्ससँगबीच शुक्रबार प्रतिस्पर्धा हुने छ । विजेता टोलीले उपाधिको लागि मुम्बई इन्डियन्ससँग भिड्ने छ । फाईनल आईतबार हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा हुनेछ ।