आईपीएल आजबाट सुरु, यस्तो छ अबस्था - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

आईपीएल आजबाट सुरु, यस्तो छ अबस्था



चेन्नई : इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। सन् २००८ देखि सुरु भएको आईपीएलको यो १२औं संस्करण हो। प्रतियोगिताको उदघाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स आईपीएलको साविक विजेता टोली हो। चेन्नईले यसअघि सन् २०१० र सन् २०११ मा पनि उपाधि जितेको थियो। प्रतियोगिताको पहिलो खेल चेन्नईमै खेलिने छ। उद्घाटन खेलमा चेन्नईको प्रतिद्वन्द्वी बैंगलोरको कप्तान भने विराट कोहली हुन्।

प्रतियोगिताको पहिलो दिन एक खेलमात्र हुनेछ भने दोस्रो दिन आइतबार कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद तथा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। दिल्लीबाट यसपटक पनि नेपाली युवा बलर सन्दीप लामिछानेले खेल्दैछन्।

यसैबीच, चेन्नईका कप्तान धोनीले उद्घाटन खेलमा आफ्नो टोलीलाई टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम हालै पुलवामा भएको आतंककारी आक्रमणमा ज्यान गुमाउनेहरुको परिवारलाई दिने घोषणा गरेका छन्। चेन्नईका निर्देशक राकेश सिंहले पनि उक्त समाचारको पुष्टि गरेका छन्।

चेन्नई र बैंगलोरबीच हुने उद्घाटनको खेलको टिकट विक्री खुला गरिएको केही समयभित्रै सबै टिकट सकिएको थियो। धोनी भारतीय टोलीको पूर्वकप्तान र कोहली वर्तमान कप्तान भएकाले पनि यी दुई टोलीबीचको खेलमा दर्शकको ओइरो लाग्ने भएको हो।

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने दोस्रो पटक आईपीएलमा भाग लिदै छन् । सन्दीप बुधबार नै दिल्ली पुगिसकेका छन् । सन्दीप आवद्ध टोली दिल्ली क्यापिटलले पहिलो खेल आइतबार खेल्दैछ । दिल्लीले आइतबार राति मुम्बइ इन्डियन्सको सामना गर्नेछ । पहिलो खेलमा सन्दीप अन्तिम ११ मा पर्ने नपर्ने भने टुंगो लागेको छैन । गतसाल सन्दीपले पछिल्ला ३ खेलमा मात्रै खेल्ले अवसर पाएका थिए ।