लोकेश र मायांकको अर्धशतक : पन्जाबको जित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

लोकेश र मायांकको अर्धशतक : पन्जाबको जित



एजेन्सी । किंग्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ ।

सोमबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौंथो जित निकालेको हो ।

चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १५१ रनको लक्ष्य पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले  । राहुलले अविजित रहदै ७१ रनको योगदान दिए ।  यस्तै अग्रवाल ५५ रनमा आउट भए ।

यस्तै क्रिस गेल १६ रनमा आउट हुँदा डेभिड मिल्लर १ रनमा पेभेलियन फर्किए । साम करण ५ रनमा अविजित रहे । हैदरावादका सन्दीप शर्माले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विजय शंकरले २६ रन जोड्दा मनिस पाण्डेले १९ र दिपक होडाले अविजित १४ रन बनाए ।

पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।