आईपीएल हेर्न गएकी युवती सामाजिक सञ्जालमा भाइरल - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

आईपीएल हेर्न गएकी युवती सामाजिक सञ्जालमा भाइरल



काठमाडौं । मान्छे कतिबेला चर्चित भइदिन्छ, कसैलाई थाहा हुँदैन । केही समय अघि भारतकी एक युवती प्रिया प्रकाश वारियर एउटा भिडियोमा आँखा झिक्याएको अभिनय गर्दा भाइरल बनेकी थिइन् । दक्षिण एसियाका केटाहरुको उनी साझा ‘क्रस’ नै बनिसकेकी थिइन् ।

अहिले पनि त्यसैगरी एक युवती भाइरल भएकी छन् । भारतमा जारी आईपीएल खेल हेर्न गएकी एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी हुन् । शनिबार राति भएको रोयल च्यालेजर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीचको खेल हेर्न युवती एम चिन्नस्वामी स्टेडियम बैंग्लोर पुगेकी थिइन् ।

खेल हेर्न मैदान गएकी उनले बैंग्लोरले चौका–छक्का लगाउँदा र विकेट लिँदा दिएको फरक–फरक एक्प्रेसन क्यामेरामा कैद भएर प्रसारण भएपछि उनलाई भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘राष्ट्रिय क्रस’को उपमा दिएका छन् ।

View this post on Instagram

#RCB girl forever ❤️?

A post shared by deepika (@deeghose) on

खेल समयमा उनको एक्सप्रेसन सयौँपटक टेलिभिजमा देखिएको थियो । बैंग्लोर बस्दै आएकी उनको नाम दीपिका घोस हो । सामाजिक सञ्जालमा भाइरल भएसँगै उनको इंस्टाग्राममा फलोअर्सको संख्या पनि ह्वात्तै बढेको छ । हिजो रातिसम्म २–३ सय मात्र फलोअर्स रहेको उनको इंस्टाग्राममा यो समाचार तयार पार्दासम्म १ लाख ५२ हजारले फलो गरिसकेका छन् ।

दीपिकाले आफ्नो इंस्टाग्रामको स्टोरीमा आफ्नोबारेमा बनेका सबै ट्रोलहरुलाई सेयर गरेकी छन् । यस्तै आफ्नो नाममा धेरै फेक एकाउन्ट बन्न थालेपछि उनले आफ्नो कुनैपनि एकाउन्ट नरहेको र यहि नै सक्कली एकाउन्ट भएको बताएकी छन् । साथै उनले आफ्नो कुनैपनि ट्वीटर एकाउन्ट नभएको पनि स्पस्ट पारेकी छन् ।