आईपीएल : दिल्ली क्यापिटल्सको खेल आज, सन्दीप टिममा पर्लान् त ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

आईपीएल : दिल्ली क्यापिटल्सको खेल आज, सन्दीप टिममा पर्लान् त ?



काठमाडौं । गत वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) बाट विश्व क्रिकेटमा चर्चित हुँदै आएका स्टार लेगस्पीनर सन्दीप लामिछाने यो सिजनको लागि तयार रहेको बताएका छन् ।

हिजो देखि सुरु भएको आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्सको खेल मुम्बई इन्डियन्स विरुद्ध आज हुँदैछ ।

गत वर्ष आईपीएलमा छनौट भइ एउटा खेलमा मात्र सहभागि जनाउन पनि असम्भव झैं देखिएका दिल्ली क्यापिटल्सका सन्दीप यो वर्ष आईपीएल विश्लेषकहरुको बुझाइमा सफल हुन सक्ने बलरमा दरिएका छन् ।

अघिल्लो सिजनको अन्तिम तीन खेलेको सन्दीपले भने यस सिजनमा पहिलो खेल देखिनै सुरुवाती ११ मा पर्ने विश्लेषकहरु दाबी गरिरहेका छन् ।

सन्दीपकै भनाइमा सन्तुलित रहेको दिल्ली पहिलो खेलमा जित हात पार्दै राम्रो शुरुवात गर्ने दाउमा छ भने मुम्बईको लक्ष्य पनि उस्तै रहेको छ ।

खेल नेपाली समयअनुसार आज राती ८ः१५ मा हुने तालिका रहेको छ ।