दिल्लीलाई मध्यम लक्ष्य - हैदराबादले जित्ला त ? - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

दिल्लीलाई मध्यम लक्ष्य – हैदराबादले जित्ला त ?



एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा दोस्रो क्वालिफायर खेल्न सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्स सामु १६३ रनकाे मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

मार्टिन गुप्टिलले बनाएको ३६ रन टोलीको सर्वाधिक स्कोर रह्यो । मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सले २८ रन बनाए । विजय शंकरको नाममा २५ रन रह्यो ।

दिल्लीका किमाे पाउलले सर्वाधिक ३ विकेट लिए । इशान्त शर्माको नाममा २ विकेट रह्यो ।

दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई फेरी पनि बेन्चमा राख्याे ।

पछिल्ला खेलमा प्लेईङ सेट बाहिर राख्दै आएको दिल्लीले बुधबारकाे निकै महत्वपुर्ण मानिएको खेलमा समेत सन्दीपलाई बेन्चमा राख्याे ।

धेरै रन दिनुका साथै विकेट समेत निकाल्न नसकेपछि सन्दीप बेन्चमा रहँदै आएका छन् ।

दिल्लीले ईलिमिनेटर राउण्डमा सन्दीपलाई लिएर जोखिम मोल्न चाहेन ।

आजको खेलको विजेताले फाईनल प्रवेशका लागि चेन्नेई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्नेछ । पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

पहिलो क्वालिफायर खेलमा जित निकाल्दै मुम्बई ईन्डियन्स प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।