आईपीएल खेल्न दुबई पुगेका धोनीको टिमका १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

आईपीएल खेल्न दुबई पुगेका धोनीको टिमका १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण



एजेन्सी- इन्डियन प्रिमियर लिग(आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंस्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ।

भारतीय सञ्चार माध्यमहरुले दिएको खबर अनुसार कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एकदिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् । कोरोना पोजिटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन्।

चेन्नईको टोली २१ अगष्टमा यूएई पुगेको थियो । ययूएई पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यथापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजिटिभ देखिएको आयोजक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले खरब दिएका छन्।

चेन्नईका कति सदस्यलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको छैन । नाम उल्लेख नगर्ने सर्तमा स्रोतले करिब १२ जना हुनसक्ने बताएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । जसमा भारतीय टोलीका लागि खेल्ने दायाँ हाते मध्यम तीब्र गतिका बलर पनि छन्।

अन्य केही टोलीले यूएई पुगेर प्रशिक्षण सुरु गरिसकेका छन् । चेन्नईको पनि शुक्रबारबाट प्रशिक्षण सुरु गर्नै तयारी भएपनि सदस्यहरुमा संक्रमण देखिएपछि क्वारेन्टाइन अवधि एकसाताका लागि बढाइएको छ।

यूएई जानुभन्दा पहिले नै चेन्नई ५ दिने प्रशिक्षण आयोजना गरेको थियो । जसमा महेन्द्रसिंह धोनी, सुरेश रैना, दिपक चरह, अम्बाती रायडु, पीयूष चावला, सार्दुल ठाकुरलगायत शिविरमा रहेका अन्य सदस्य, प्रशिक्षकहरु सामेल थिए।

सेप्टेम्बर १९ बाट आइपीएल सुरु हुने भनिए पनि अहिलेसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डले तालिका सार्वजनिक गरेको छैन । सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म प्रतियोगिता हुने आयोजकले जनाएका छन्।