आईपीएल : ७० रनमै बैंग्लोर चैट ! - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

आईपीएल : ७० रनमै बैंग्लोर चैट !



नयाँदिल्ली : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको पहिलो खेलको पहिलो इनिङमा विराट कोहलीको टीमले कमजोर प्रदर्शन गरेको छ ।

टस जितेर फिल्ड रोजेको महेन्द्र सिंह धोनीको टीम चेन्नई सुपर किङ्सले विराटको रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ७० रनमा समेटेको छ ।

चेन्नईले १७ ओभर खेल्दा रोयल च्यालेन्जर्सको सबै विकेट झारेको हो । रोयल च्यान्जेर्सका कप्तान विराट कोहली स्वयं १२ बलमा ६ रनमै आउट भएका थिए । यस्तै डेभिड डिभिलियर्स १० बलमा जम्मा ९ रन ल्याएर आउट भए । रोयल च्यालेन्जर्सका लागि पार्थिव पटेलले ३४ बलमा सर्वाधिक २९ रन जुटाएका थिए ।

चेन्नईका लागि हरभजन सिंह एक्लैले ४ विकेट लिएका थिए । पहिलो इनिङसँगै धोनीको टीम चेन्नईका लागि जम्मा ७१ रनको लक्ष्य मिलेको छ । बलियो टीम मानिएको चेन्नईले उद्घाटन खेलमै आफ्नो प्रभाव जमाएको हो । चेन्नई आईपीएलको साविक विजेता हो ।

यसअघि २०१० र २०११ को आईपीएल समेत चेन्नईले नै हात पारेको थियो । भारतीय राष्ट्रिय टीमका पूर्व कप्तान महेन्द्र सिंह र वर्तमान टीम कप्तान विराटले नेतृत्व गरेका दुई शक्तिशाली टीमको उद्घाटन खेललाई निकै चासोका साथ हेरिएको छ ।