आइपीएल: तीन खेल हारेका दुई समूह भिड्दै - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

आइपीएल: तीन खेल हारेका दुई समूह भिड्दै



आइपीएल २०१९ मा सुरुवाती तीनमध्ये एक पनि खेल जित्न नसकेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर मंगलबार साझ एक अर्कालाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रदैछन्।

दुबै टोलीको आइपीएलमा हालसम्म प्रदर्शन निराशाजनक छ। यस खेलबाटै दुबै टोली लय समात्ने प्रयत्नमा छन्।

राजस्थान रोयल्स किंग्स एलेभेन पन्जाब, सनराइजर्श हैदरावाद र चेन्नाई सुपर किंग्ससँगको हारपछि बैंग्लोरसँग खेल्न आएको हो।

यता बैंग्लोरले चेन्नाई, मुम्बई र हैदरावादसँग पराजय भोगेपछि राजस्थानसँग पहिलो जितको खोजीमा छ।

भारतका कप्तान समेत रहेका विराट कोहलीको टोली बैंग्लोरमा एबी डिभिलियर्स, पार्थिव पटेल, मोइन अली जस्ता अनुभवी खेलाडी भएपनि लगातार पराजय भोग्दै आएको छ।