इन्टरनेटको मूल्यवृद्धि फिर्ता - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

इन्टरनेटको मूल्यवृद्धि फिर्ता



इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिले साउन १ गतेखि इन्टरनेटमा बढाइएको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको समितिको बैठकमा इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने सञ्चार मन्त्रालयको आयोजना अनुसार मूल्य समायोजन गर्ने सहमति भएको समितिका सदस्या तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानाकारी दिए।

सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएका थिए।

समितिको आजको बैठकले अब असार मसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि थप नगर्ने गरी सहमति गरेको छ।

विज्ञप्ति